सर्लाहीमा झडप, डीएसपीसहित ४० जनाभन्दा बढी घाइते

सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेता/कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ ।

ठुलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको हो ।

झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए ।

झाडु, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

कांग्रेसका नेताहरूले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् ।

तर प्रदर्शनकारीले तोड्फोड गर्न थालेपछि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *