काे हुन् विष्णु पौडेल ?

विसं २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलिबजारमा पिता देविलाल र रेवती पौडेलका छोराका रुपमा विष्णु प्रसाद पौडेलको जन्मभएको हो ।
पौडेल स्कूल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिए । २०३३ सालदेखि राजनीतिमा सक्रिय पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका थिए । सो समयमा ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि उनले जेल बिद्रोह गरेका थिए ।

विसं २०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि हाल अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए ।

नेकपा महासचिव विष्णु पौडेल संसदीय राजनीतिमा ०५१ सालबाट प्रवेश गरेका हुन् । उनी २०५१ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेर प्रतिनिधि सभा सदस्य बनेकाथिए । विसं २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ बाट ६०० मतले सो समयमा पराजित भए ।

पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृती मन्त्री समेत बनेका थिए । उनी २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री र झलनाथ खनालको पालामा रक्षामन्त्री समेत बनेर कार्य गरिसकेका व्यक्ति हुन् ।

विसं २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भए ।

नेतृत्वको विश्वासमा रहेर काम गर्ने र मिडिया जगतबाट टाढा रहने स्वभाव पौडेलको छ । विसं २०७२ मा ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व थप माथि उठ्यो । २०७५ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलियो । सो बेला पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *