मन्त्री नियुक्तिमा सहमति नगरेको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरू असन्तुष्ट

स्थायी कमिटीको बैठक तथा सचिवालयले गरेको निर्णय विपरीत प्रधानमन्त्री ओलीले मन्त्री चयन गरेको प्रचण्ड निकट नेताहरुको आरोप छ । कुनै पनि नियुक्ति गर्दा दुई जना अध्यक्षको परामर्श र सल्लाहमा गरिने पार्टीले निर्णय नै गरेको छ । तर प्रधानमन्त्री ओलीले पटक पटक पार्टीलाई बाइपास गरी निर्णयहरु गरिरहेको ती नेताको आरोप छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकको म्याण्डेटअनुसार मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा मन्त्रीहरुको नियुक्ति गर्दा दुबै अध्यक्षको सहमतिमा गर्ने उल्लेख थियो ।

त्यस्तै असोज ४ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकमा पनि यसबारेमा छलफल भएको थियो । उक्त बैठकमा नियुक्तिमा निश्चित मापदण्ड तय गर्ने र सोही अनुसार अघि बढ्ने सहमति भएको थियो । मापदण्ड तय गर्न दुई अध्यक्षबीच भएका पटक-पटकका संवाद सहमतिमा पुग्न सकेको थिएन ।

लगातार वार्ता र संवादमै रहेका बेलासमेत प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिका सवालमा छलफल नगरेपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरु असन्तुष्ट बनेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *