नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा पदबहाली

नवनियुक्त अर्थमन्त्री विष्णु पौडैलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली गरे‍का हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बुधबार पौडेल अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासैनी, राजस्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित थिए । त्यस्तै,‌ नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिन नेकपाका सांसदहरू पनि मन्त्रालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *