गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने
गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारीको बैठकले गैरनाफामूलक कम्पनीको रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको हो ।
केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिन्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो । बैठकले सिन्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय पनि गरेको छ ।