हेरफेर पछिको मन्त्रिपरिषद्को पहिलो बैठकद्वारा ९ सचिवहरूको सरुवा

नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।

तर देशमा बढिरहेको कोरोना महामारीका विषयमा भने कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए । ‘कोरोनाबारे छलफल भएन, सचिवहरुको सरुवा भयो, नयाँ मन्त्रीहरूलाई स्वागत गरियो । मन्त्रिपरिषद  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  नयाँ मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए ।

कुन सचिवको सरुवा कहाँ ?

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *