चारकरोडमा बिक्री भएको दुनियाकै महँगो ब्याग
पछिल्ला वर्षहरुमा विश्वका विभिन्न देशमा अनेक खालका लिलाम बढाबढको आयोजना हुने गर्दछन् । विभिन्न लिलाम घरहरुले यस्तो लिलामीको आयोजना गर्दछन् जहाँ विभिन्न ऐतिहासिक, पुरातात्विक तथा बहुमूल्य वस्तुहरुको बिक्री हुन्छ ।
सन् २०१७ मा लण्डनमा भएको यस्तै एउटा लिलामीका क्रममा एउटा ब्याग झण्डै साढे ४ करोड रुपैयाँ मूल्यमा बिकेको थियो । उक्त ब्यागले विश्वका सबैभन्दा महंगो मूल्यमा बिक्री भएको ब्यागको कीर्तिमान राखेको थियो त्यसबेला जुन अहिलेसम्मै कायम छ ।
हर्मेस कम्पनीको बर्किन ह्वाइट हिमालय ब्राण्डको उक्त ब्याग ३ लाख ७९ हजार २६१ डलरमा बिक्री भएर कीर्तिमान राखेको थियो । सो ब्याग गोहीको छालाबाट हातैले बनाइएको हो । १८ क्यारेट सुनको फ्रेममा २ सय ४० टुक्रा हिराको प्रयोग गरिएको छ यो ब्यागको सतहमा ।
त्यस्तै सन् २०१८ मा हर्मेन बर्किनको एउटा ब्याग लण्डनमा भएको लिलामीका क्रममा २ लाख १७ हजार १ सय ४४ अमेरिकी डलरमा बिकेको थियो । सो ब्यागमा समेत १८ क्यारेटको सेतो सुन तथा हिरा जडित लक रहेको छ । ३० सेन्टिमिटर लामो उक्त ब्यागमा अन्य ठाउँमा पनि सेतो सुनको प्रयोग गरिएको छ ।