अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबको रोमाञ्चक जित

बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा दुई रन आवश्यक रहेको थियो । तर स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट बलिङ गर्दै खेललाई अन्तिम बलसम्म पुर्याएका थिए । अन्तिम बलमा निकोलस पूरनले लङअनमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

। पन्जाबले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । बेंगलोरको यो तेस्रो हार हो । बेंगलोरले अव शनिवाबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *