सुनसरीमा निषेधाज्ञाः

 जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारबाट जिल्लाभर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

 

सुनसरीमा शिक्षित वर्गबाटै कोरोना संक्रमणलाई बेवास्था गर्दै चरम लापरवाही गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताएका छन्।

सुनसरी प्रशासनले जिल्लाका १२ वटै स्थानीय निकायमा राजनीतिक दललाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेला भएर पूजापाठ गर्न, दसैंतिहार शुभकामना आदान प्रदान र शिलन्यास गर्न पुरै प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *