दिल्ली क्यापिटल्सको उत्कृष्ट जित, चेन्नई सुपर किंग्स ५ विकेटले पराजित

जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । अक्षर पटेलले रविन्द्र जडेजालाई दोस्रो, तेस्रो र पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

दिल्लीका ओपनर शिखर धवन ५८ बलमा १४ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे । यो धवनको टि२० क्रिकेटमा पहिलो शतक हो । धवनले ५७ बलमा शतक प्रहार गरेका थिए । धवनलाई सातौं ओभरको तेस्रो बलमा दिपक चहरले व्यक्तिगत २७ रनमा डीप स्क्विायरमा क्याच छोड्दै जीवनदान दिएका थिए । अक्षर पटेल ५ बलमा ३ छक्का सहित २१ रनमा अविजित रहे ।

यो जितसँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । दिल्लीले अब मंगलबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । चेन्नईले सोमबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

यो जितसँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ८ खेलमा ४ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *