आइपिएलमा मलिङ्गाको कीर्तिमान तोड्दै रबाडाको कीर्तिमान

दक्षिण अफ्रिका रबाडाले स्पिनर सुनिल नारायण र तीव्र गतिका बलर लासिथ मलिङ्गाको कीर्तिमान तोड्दै आफ्नो नाममा कायम गरेका हुन् । रबाडाले शनिबार चेन्नई सुपर किंग्सविरुद्ध फाफ डु प्लेसिसको विकेट लिदै आइपिएलमा सर्वाधिक छिटो खेल र कम बलमा ५० विकेट पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रबाडाले यस सफलता मात्र २७ खेलमा पूरा गरेका छन् । यसअघि आइपिएलमा सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान सुनिल नारायणको नाममा थियो । नारायणले ३२ खेलमा पूरा गरेका थिए । लासिथ मलिङ्गाले ३३, इमरान ताहिरले ३५ र अमित मिश्राले ३७ खेलमा ५० विकेट पूरा गरेका थिए ।

रबाडा सर्वाधिक कम बल फ्याँक्दै आइपिएलमा ५० विकेट लिने बलर बनेका छन् । रबाडाले ६ सय १६ बलमा यस सफलता हात पारेका छन् । यसअघि मलिङ्गाले ७ सय ४९ बलमा उक्त सफलता हात पारेका थिए । सुनिल नारायणले ७ सय ६० र इमरान ताहिरले ७ सय ६६ बलमा उक्त सफलता हात पारेका थिए । मोहित शर्माले ७ सय ९७ बलमा ५० विकेट पूरा गरेका थिए ।

आइपिएलमा रबाडाले सन् २०१७ अप्रिलमा दिल्ली क्यापिटल्सबाट मुम्बई इन्डियन्सविरुद्ध वानखडे स्टेडियममा डेब्यु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *