उदयपुरमा कार दुर्घटना, ५ जनाको मृत्यु

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीनजना गम्भिर घाइते  भएका छन्  ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० प ७१७१ नम्बरको स्कारपियो राती १२ बजे दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ ९ का ४५ वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्णबहादुर सार्की, ४० बर्षिय खड्गबहादुर सार्की, ३५ बर्षिय नरीमाया सार्की र उदयपुरको कटारी नगरपालिका ८ सिरिसेका महेशबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ ९ की कुमारी सार्की, कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले राती ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जव गरी गएको बुझिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *