तस्करबाट प्रहरी नै असुरक्षित, गस्ती गरिरहेका प्रहरीको तस्करद्वारा हत्या

दशैंका बेला सीमामा गस्ती गरिरहेका प्रहरीको,तस्करहरुले हत्या गरेका छन । शनिबार राती,धनगढी उपमहानगरपालिका-१० को सीमानामा गस्ती गरिरहेका प्रहरी सहायक निरिक्षकको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ भने एक प्रहरी जवान वेपत्ता रहेका छन ।

दशैंको बेला, प्रहरीले नयाँ सुरक्षा योजना लागु गरेको छ । तर त्यही योजनाका बीच प्रहरीका असईको हत्या गरिएको छ भने जवान बेपत्ता भएका छन । सीमा क्षेत्रको उखुबारीमा दुबै पक्षबीच झडप भएको र त्यहाँ रगतका टाटा देखिएका छन । हतियार भएको प्रहरीको हत्या भएपछि, स्थानीयमा त्रास बढेको छ ।।

कैलालीको धनगढी उपमहानगरपालिका – १२ मा रहेको अस्थाई प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद शनिबार साँझ खाना खाएर सीमा क्षेत्रतिर गस्तीमा निस्कीए । उनीहरु, राती १० बजेपछि सम्पर्कविहीन भए । विहान खोजीगर्दा असई विकको, घाँटी रेटेर हत्या गरि नदिमा फालिएको अवस्थामा शव फेला परेको छ ।

शव पाईएको स्थान भन्दा झण्डै एक किलोमिटर टाढा असई विकको बुट फेला परेको छ भने नदीको छेउमा मोबाईल फेला परेको छ । उनको साथमा रहेको पेस्तोल गायव छ भने उनीसँग रहेको अतिरिक्त म्यागेजीन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले,प्रारम्भीक अनुसन्धान गर्दा तस्करहरुसँगको मुठभेडमा असई विक मारिएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *