दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

यसअघि कांग्रेसका नेता तथा सांसदहरुले दशैं भत्ता नलिने निर्णय पार्टीबाट गराउन सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए ।

मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
कानुनी व्यवस्था नगरी मन्त्रिपरिषद्कै निर्णयका आधारमा सचिवालयले सांसदलाई दसैं खर्च सांसदलाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *