काँग्रेसले दसैँ भत्ता नलिने निर्णय गरेसँगै नेकपा अध्यक्षद्वयलाई दबाब

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसदहरूले दसैँ भत्ता नलिने निर्णय पार्टीबाट औपचारिकरुपमा गर्न संसदीय दलको नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका छन् ।

नेता तथा सांसदहरूको दबाब आएपछि औपचारिक तथा अनौपचारिक रुपमा छलफल सुरु भएको छ ।

भीम रावल, जनार्दन शर्मा, सूर्य पाठक, प्रभुसाहलगायतका नेकपाका सांसदहरूले व्यक्तिगतरुपमै भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । नेकपाका प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको महामारी नसकिँदासम्म तलब नलिने घोषणा गरिसकेका छन् ।

नेकपाकै तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष भएका गणेशप्रसाद तिमल्सिनाले पनि यसवर्षको दसैँ भत्ता फिर्ता गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका सांसदहरूलाई दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *