आजदेखि सार्वजनिक सवारीमा पुरानै भाडा, बढी भाडा लिए कारवाही

सार्वजनिक सवारी साधनको भाडा पुरानै लागू हुने भएको छ।

आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा पुरानै लागू हुने सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

उनले मंगलबार देखि सार्वजनिक सवारी साधनमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि पूरानै लिनुपर्ने बताए। कोरोना भाइरससँग सुरक्षित रहन सामाजिक दुरी कायम गर्ने गरी यस अघि ५० प्रतिशत भाडा लिने र आधा क्षमतामा यात्रु राख्न पाउने निर्णय सरकारले गरेको थियो।

अब सार्वजनिक यातायातले बढी भाडा लिन पाउने छैनन् । बढी भाडा लिएमा कानून अनुसार कारवाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *