पन्जाबको उत्कृष्ट जित, दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेले । दिपक हुडा १५ र जेम्श निशम १० रनमा अविजित रहे । ड्यानियल सामलाई छक्का प्रहार गर्दै निशमले जित पक्का गराएका थिए ।

दिल्लीको यो तेस्रो हार हो । दिल्लीले अब शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । यो जितसँगै पन्जाब पाँचौ स्थानमा उक्लिएको छ । पन्जाबले शनिवारनै सनराइजर्स हैदराबादसँग खेल्ने छ । यो जितसँगै पन्जाबले प्ले अफको सम्भावना कायमै राखेको छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमै छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा झरेको छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *