अमेरिका सरकारद्वारा सर्च इन्जिन गुगलविरुद्ध मुद्दा दायर
इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध अमेरिका सरकारले मुद्दा दायर गरेको छ । प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।
गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ।
अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो।
एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो ।
इन्टरनेट मार्फत हुने खोजीमा हुनु पर्ने प्रतिस्पर्धा खारेज गर्ने काममा गुगल सक्रिय रहेको आरोप छ । एकाधिकार अन्त्य गरी खोजीको गुणस्तर बढाउने तथा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको सुनिश्चितता गर्नु पर्ने मुद्दामा माग गरिएको छ ।