‘निको भएकाे ३ महिनापछि फेरि कोरोना संक्रमण हुन सक्छ’ भारतीय विज्ञ

भारतका अनुसन्धानकर्ताले एकपटक कोरोना निको भए पनि लापरबाही गरे पुनः संक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशकले उक्त चेतावनी दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निदेशक डाक्टर बलराम भार्गवले भने, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमणबाट मुक्त भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ।’

तर यसपछि बिस्तारै त्यसकाे संख्या घट्दै जाने र फेरि संक्रमण हुन सक्ने उनको भनाइ छ। ‘यदि ९० दिभित्र व्यक्ति फेरि संक्रमित भयो भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *