नापतौलमा ठगी गर्ने ५ फर्मविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता

नेपाल गुणस्तर तथा नापतौल विभागले   ५ वटा फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा अभियोग दर्ता गरेको जनाएको छ। जसमा काठमाडौं कार्यालयबाट गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी टेडिङ प्रालि घट्टेकुलो र न्यु टीका डेरी सेन्टर मानभवनविरुद्ध अभियोग दर्ता गरेको छ।
यसैगरी वीरगञ्ज कार्यालयबाट एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्साविरुद्ध अभियोग दर्ता गराएको छ।

यसैगरी विभागले प्रमाणित नगरेको नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने ८५ उद्योग कारबाहीमा परेका छन। नेपाल गुणस्तर तथा नापतौल विभागले भदौ र असाेजमा बजार अनुगन गरी नापतौल यन्त्रको माध्यमबाट ठगी गर्ने ८५ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ। विभागले २ महिनामा ६ सय ९० वटा उद्योग तथा विभिन्न खालका पसलको अनुगमन गरेको थियो। जसमा ८५ वटा उद्योगको नापतौल यन्त्रमा खराबी फेला पारेको छ। विभागले १ सय ५१ वटा किराना पसल, ३२ वटा होलसेल विक्रेता, ६० वटा उद्योग, ५३ वटा फलफूल-तरकारी पसल, ३८ वटा माछा मासु पसल, १८ वटा ग्यास उद्योग, ९० वटा पेट्रोल पम्प र १ सय ४५ वटा सुनचाँदी पसलको अनुगमन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *