किनिनसक्नु प्याज, थोक बजारमै प्रतिकिलो १ सय ३५ रुपैयाँ

प्याजको मूल्य फेरी आकाशिएको छ। मंगलबार प्याजको मूल्य सोमबारको तुलनामा प्रति के.जी. १० देखि १५ रुपैया सम्म  बढेको छ। कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबारको लागि औसत मूल्य भने प्रतिकेजी १ सय ३२ रुपैयाँ तोकिएको छ।

सरकारले बजार नियन्त्रण गर्न नसक्दा प्याजको मूल्य बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *