एनआईसी एशिया बैंकले प्रस्ताव गर्यो लाभांश
एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ । बडादशैंको पुर्वसन्ध्यामा बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकले १९ प्रतिशतको दरले कायम हुने १ अर्ब ९४ करोड ३५ लाख रुपैंया बराबरको बोनस तथा १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।