एफएनसीसीआईको चुनाव टेकु स्थित महासंघको कार्यालय, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान तीन ठाउँबाट हुने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । ५४ औ वार्षिक साधारण सभाको मिति आगामी मङ्सिर ११ र १२ गते  तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

महासंघले जारी गरेको सूचना अनुसार  महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने  बताइएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *