भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल काठमाडौँमा

भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ उत्रिएका छन्।

इण्डियन एयर फोर्सको विशेष चार्टड विमानबाट १ बजे गोयल र रअ कै एक अर्का उच्च तहका अधिकारी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

गोयललाई लिन नेपालको अध्यागन विभागका अधिकारी र सुरक्षाकर्मीहरु विमान छेउमै पुगेका थिए। उनीहरुको भ्रमणको रेकर्ड नरहने गरी पासपोर्ट परीक्षण नगरी उनीहरुलाई भिआइपी कक्षबाट बाहिर निकालिएको छ।

दुई देशका सुरक्षा अधिकारीको समन्वयनमा उनीहरुलाई विशेष व्यवस्था गरेर विमानस्थलबाट बाहिरिएका हुन्।

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको यही कार्तिकमा हुने नेपाल भ्रमणको तयारी स्वरुप उनीहरु काठमाडौँ आएका हुन्। स्रोतका अनुसार उनीहरु बुधबार नै दिल्ली फर्किनेछन्।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समेटेपछि सेना प्रमुख नरवाणे विवादस्पद अभिव्यक्ति दिएका थिए।

उनले नेपालले चीनको उक्सावहटमा नक्सा बनाएको बताएका थिए। सीमा विवादलाई लिएर नेपाल र भारतबीचको सम्बन्ध चिसिएका बेला हुन थालेको भारतीय सेनापतिको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ सेना प्रमुखको उपाधि दिइने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *