सानदार जितसँगै बेंगलोर दोस्रो स्थानमा, कोलकाता नाइट राइडर्स ८ विकेटले पराजित
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ ।
अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
बेंगलोरले आइतबार चेन्नई सुपरकिंग्ससँग खेल्ने छ । कोलकाताले शनिबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।
हालसम्मको अवस्था
दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा झरेको छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ ।
पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।