लिभरपुलको विजयी सुरुवात

च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको सुरुवात लिभरपुलले जितबाट गरेको छ । तर सिजनको पहिलो जितका लागि उसले आफै भने गोल गरेन ।

समूह डी मा रहेको लिभरपुलले अवे मैदानमा भएको खेलमा डच क्लब अजाक्सलाई १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा अजाक्सका निकोलास ताग्लिएफिकोले गोल गरे ।

उनले ३५ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । सोही आत्मघाती गोल अजाक्सको हार र लिभरपुलको जितका लागि पर्याप्त बन्यो ।

चोटका कारण महत्वपूर्ण खेलाडी भर्जिल भान डीजेक बिना मैदान उत्रिएको लिभरपुलका लागि उपहार गोल महत्वपूर्ण सावित भयो ।

समूह डी अन्तर्गत नै बुधबार राति भएको खेलमा एट्लान्टाले एफसी मिड्जील्याण्डलाई ४–० ले पराजित गरेर शानदार सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *