राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज बेल्जियमको लागि गोहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरेकी हुन्।

आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  यस्तो भनिएको छ ।

“आज २०७७ कात्तिक ६ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *