मुख्यमन्त्री डोरमणि पौडेल उपचारका लागि ग‌ंगालाल हृदयरोग केन्द्रमा भर्ना

कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि  लगिएको छ।

मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको हाे।

उनलाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन’ दाहालले अनलाइनखबरसँग भने ‘केही समयअघि मुटुको अपरेसन गरेका कारण गंगालालमा पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *