नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४४९९ कोरोना संक्रमित, १७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार  नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या  ४६ हजार ६९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *