मुम्बई शीर्षस्थानमा, चेन्नई १० विकेटले पराजित

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।

चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो ।

यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।मुम्बईले आइपिएलमा १० विकेटको जित दोस्रो पटक निकालेको हो । यसअघि सन् २०१२ मा राजस्थान रोयल्सविरुद्ध १ सय ६३ रनको लक्ष्य १२ बल अगाडि कुनै विकेट नगुमाई पुरा गरेको थियो ।

चेन्नईले अव रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध आइतबार खेल्ने छ । मुम्बईले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।

अंक तालिका

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेटरन रेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भएपनि नेटरन रेटको आधारमा मुम्बई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार बेहोरेको छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *