इंग्ल्यान्ड क्रिकेट टिममा पनि तलब कटौती गर्ने सहमति

इंग्ल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका क्रिकेट खेलाडीहरु तलब कटौतीका लागि सहमत भएका छन् ।

कोरोना भाईरसको कारण इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) मा पर्न गएको आर्थिक संकटको कारण खेलाडी तलब कटौती गर्न सहमत भएका हुन् ।

सहमतिसँगै अब सन् २०२०/२१ को सिजन खेलाडीको तलब १५ प्रतिशत कटौती हुनेछ ।

इंग्ल्यान्डको पुरुष क्रिकेट टिमका प्रबन्ध निर्देशक एस्ले गिल्सले चुनौतीको समय खेलाडीले परिपक्क निर्णय गरेको बताए ।

इंग्ल्यान्डको सेन्ट्रल कन्ट्रयाक्टमा २३ खेलाडी रहेका छन् । उनीहरुको कन्ट्रयाक्ट आगामी अक्टोबर १ सम्म रहनेछ ।

गत मार्चबाट महामारीको रुपमा फैलिएको कोरोनाले परेको आर्थिक संकटलाई मध्ये नजर गर्दै विभिन्न खेलका खेलाडीहरु समेत तलब कटौतीका लागि सहमत भईसकेका छन् ।

प्रिमियर लिग फुटबलका खेलाडीहरु यस अघि नै तलब कटौतीमा सहमत भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *