‘अर्थतन्त्रलाई पुरानै लयमा फर्काउँछु’ : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसले तहस नहस पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने अठोट गरेका छन् ।
अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतका विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको उनले स्पष्ट पारे । अर्थमन्त्री पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने पनि बताए ।
कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।