भारतले खोल्यो एक तर्फी सीमा नाका : जोगवनीमा सुरक्षा सतर्कता बढाइयो

भारतले सीमा नाका एकतर्फी खोलेपछि विराटनगरस्थित जोगवनी नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ।

 

भारतको गृहमन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीडलाई रोक्न सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल सरकारले आगामी कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका खुला नगर्ने यस अघिनै निर्णय गरेकाले भारतले खुला गरे पनि नेपाल आउन नमिल्ने प्रजिअ निरौलाले बताए। ‘नेपालले निर्णय नगरी हामी खुला रुपमा आउन दिनेछैनौँ,’ प्रजिअ निरौलाले भने, ‘भारतले खेल्ने निर्णय गरेपछि हामीले थप सुरक्षा सतर्कता बढाएका हौँ।’

प्रजिअ निरौलाले नेपालतर्फ भने सिल जारी भएकाले भारतबाट नेपालीबाहेक कोही आउन नपाउने बताए। ‘नेपाल आउन चाहने नेपालीले नेपाल सरकारद्वारा जारी गरिएको परिचय पत्र देखाएर आउन सक्छन्,’ उनले भने, ‘नेपाल आएपछि होल्डिङ एरियामा आएर होम क्वारेन्टाइन बस्ने गरी जान दिएका छौँ, अरुलाई अनुमति छैन।’

यता भारतले एकतर्फी नाका खोलेपछि नेपाली सीमानामा सुरक्षा चुनौती थपिएको छ। नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सीमानामा भारतबाट अनाधिकृत रुपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको हो।

भारतले नाका खोल्दा शनिबार पनि नेपाल पस्न खोज्ने ठूलो समूह जोगवनी नाकामा आएका थिए। उनीहरुलाई नेपालमा सीमा सिल कायमै रहेकाको अवगत गराउँदै फर्काएको छ ।

यस अघि सीमा क्षेत्रमा हुने आवत जावत रोक्न भारतीय सीमा प्रहरीले सघाउने गरे पनि भारतले सीमा खोल्ने निर्णय गरेसँगै सीमानामा अब नेपाली सुरक्षाकर्मीले मात्रै थाम्नु पर्ने अवस्था आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *