बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुखले जानकारी दिए ।
बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको बताइएको छ ।