भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने

भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।

भ्रमण मिति २०७७/०७/१९ गते बाट २०७७/०७/२१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म तीन दिने  हुने छ । भारतीय सेना प्रमुख जनरल नरवणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको महारथी दर्जा प्रदान गर्ने समेत जनाइएको छ । भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँगसमेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा रहेका बेला नरवाणेले आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने  कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *