टीकाको तेस्रो दिन, मान्यजनका हातबाट टीका–जमरा ग्रहण गरिँदै
टीकाको तेस्रो दिन आज पनि आफन्त र मान्यजनको हातबाट टीक, जमरा र आर्शीवाद ग्रहण गरिँदैछ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइन्छ ।
विजयादशमीका दिन जान नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने टीकाको दिनबाहेक अरू दिन टीका थाप्न नजानेसमेत गरिन्छ ।
त्यस्तै दसैँ मनाउन गाउँघर गएकाहरू फर्कन थालेपछि काठमाडौँ उपत्यकाको सवारी आवागमन बाक्लिएको छ ।