चीनको तातोपानी नाका आजबाट पुनः सञ्चालन

चीनको तातोपानी नाका आजबाट खुलेको  छ।

असोज १९ गते खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको नाका आजबाट खुलेको हो ।

चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो।

नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाएर नाका खुल्ला गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *