भियतनाममा बाढी र पहिरो ११४ जनाको मृत्यु, २१ जना बेपत्ता

भियतनाममा वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ११४ जनाको मृत्यु हुनुको साथै कम्तीमा २१ व्यक्ति बेपत्ता भएका छन् । भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण केन्द्रीय परिचालन समितिका अनुसार यो संख्या बिहीबारसम्मको हो ।

क्वाङ ट्रि, थुवा थिएन ह्यु, क्वाङ नामलगायतका प्रान्तमा गत साताको अन्तमा परेको वर्षाका कारण कम्तीमा ५९ हजार तीन सय घरपरिवारका कम्तीमा दुई लाख ६ हजार आठ सय व्यक्तिलाई सुरक्षित स्थलमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *