स्वास्थ्य मन्त्रालयले अब भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *