मुम्बई इन्डिउन्सले प्ले अफ नजिक, रोयल च्यालेन्जर्स बैंग्लोर पाँच विकेटले पराजित

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा पराजित भएको छ ।

मुम्बई इन्डिउन्सले बैंग्लोरलाई पाँच विकेटले पराजित गरेको हो । १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईको जितमा सूर्यकुमार यादव नायक बने । उनले ४३ बलमा १० चौका र तीन छक्काको सहयोगमा नटआउट ७९ रन बनाए । यस्तै इशान किशनले १९ बलमा २५, क्वीन्टन डी ककले १९ बलमा १८ तथा हार्दिक पाण्डेयले १५ बलमा १७ रन बनाए ।

मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

कोलकाता १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *