म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित, अर्को खेलमा पिएसजी विजयी
च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार जितको शृङ्गखला जारी राखेको छ ।
समूह एच अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आरबी लेइप्जिगलाई ५-० ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा चार गोल गरेको हो ।
पउल पोग्बाको सहयोगमा म्यासन ग्रिनउडले २१ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।
दोस्रो हाफमा मार्कस रासफोर्डले ह्याट्रिक गरे । उनले ७४, ७८ र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् । यस्तै ८७ औँ मिनेटमा पाएको पेनाल्टीमा एन्थानी मार्सलले गोल गरे ।
सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्थानबुल बासाक्सेहिरलाई २-० ले पराजित गरेको छ । नेइमार चोटका कारण मैदानबाट बाहिरिन बाध्य भएको खेलमा पिएसजीका लागि दुवै गोल मोइज किनले गोल गरे ।
६ अंकसहित म्यानचेस्टर युनाइटेड समूहको शीर्ष स्थानमा छ भने तीन अंकसहित पिएसजी दोस्रो र आरबी लेइप्जिग तेस्रो स्थानमा छन् ।