लोक गायिका नवनीत आदित्य वाइबाको ‘तिन धाङ’ सार्वजनिक

लोक गायिका नवनीत आदित्य वाइबाले ‘तिन धाङ तिन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन्।

गायिका नवनीत आदित्य वाइबाको स्वरमा रहेको यस गीतलाई गायिका वाइबाका हजुरबुवा सिंहमान सिंह वाइबाले संगीतवद्द गरेका हुन्। यो गीतको रेकर्डिङ  सिलिगुडी  र कुटुम्ब स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो।

स्वयम् गायिका वाइबा फिचर्ड रहेको भिडियोलाई शिखर क्षेत्रीले छायांकन गरेका हुन् । भिडियो सम्पादन सत्य आदित्य वाइबाले गरेका हुन्।

गायिका आदित्य वाइबा, स्वर्गीय बरिस्ट लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन्। आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *