‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्यो’ : कमलथापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

यस्तो हुनुको पछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यता र गलत नीति रहेको बताएका हुन्।

शुक्रबार बिहान ट्वीट गर्दै उनले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नुपर्ने पनि उल्लेख गरेका छन्। छिमेकी दुई शक्ति राष्ट्र चीन र भारतसँगको सम्बन्धमा रणनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको जोड छ।

र, समदूरी र असंलग्नता कायम गर्नु नै नेपालको अस्तित्वको आधार भएको बताए।

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएपछि राप्रपा अध्यक्ष थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *