काठमाडौंको धापासीमा छुरा प्रहार गरी हत्या

काठमाडौंको धापासीमा अज्ञात समूहको छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

छुरा प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *