शनिवारमा शनिदेवको पूजा गर्दा के हुन्छ ?

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शास्‍त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाँका पुत्र हुन्। इनको जन्म ज्येष्ठ महिनाको अंवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनि अत्‍यंत प्रसन्‍न हुन्छन्। यस्तो गर्ने व्यक्ति माथि उनको कु दृष्‍टि पर्दैन ।

नव ग्रहहरूमा सातौ ग्रह मानिने शनिदेव सँग मनुष्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन्। उनि व्यक्तिहरूको कर्म अनुसार न्‍याय गर्छन्। शायद त्यसैले उनलाई न्‍यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।

शनिबारको दिन शनि देवको पूजा गर्दा विहान उठेर स्नानादि गरेर शुद्ध भई काठको टुक्रा र एउट कालो कपडा विच्छाएर त्यसमाथि शनिदेवको प्रतिमा माथि शनिदेवको मुर्ति राखी  विधि पूर्वक पूजा गरी  ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु न:। ॐ स्व: भुव: भू: प्रौं प्रीं प्रां ॐ शनिश्चराय नम:।  ऊं प्रां प्रीं प्रौं सं: शनिश्चराय नम:। यी मन्त्र १०८ पटक जप गरी पीपलमा जल चढाएमा शनिको दोष निवारण हुन्छ ।

शनि शत्रु नभइ मित्र देव हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *