राजस्थानद्वारा पन्जाब ७ विकेटले पराजित

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । प्ले अफमा स्थान बनाउन यी दुबै टोलीले अन्तिम खेलमा फराकिलो जित निकालेर मात्रै पुग्दैन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ ।

आइपिएलको अंक तालिका

मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १३ खेलमा ७ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ७ मा हार र ६ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *