२४ घण्टामा थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण, काठमाडौं उपत्यकामा थपिए १३५७ संक्रमित

बितेको २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् ।

यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।
यसैष्गरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ । यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *