सोमवार शिव पूजा महत्त्व र विधि
शिव पूजा को नियम
सोमबारको दिन शिवजी को पूजाको विशेष महत्त्व हुन्छ त्यसो त जुनसुकै बार पनि शिवजीको पूजा गर्न सकिन्छ तर पनि सोमबारलाई शिवजीको प्यारो बारको रूपमा लिने गरिन्छ । विहान ब्रह्ममुहुर्तमा उठेर स्नानादि नित्यकर्म गरेर सेतो वस्त्र धारण गरेर शिवजीको पूजा गर्नु राम्रो मानिन्छ ।
विहानमा शिवजीको पूजा गर्दा पूर्व फर्केर गर्नु पर्दछ भने साँझको पूजा गर्दा पश्चिम मुख गरेर गर्नु पर्दछ । तर रातिमा शिवजीको पूजा गर्दा उत्तर मुख गरेर गर्नु पर्दछ।
शिव पूजाको संकल्प
शिव पूजा गर्दा सर्वप्रथम संकल्प लिनु जरुरी हुन्छ। संकल्प गर्नु भन्दा पहिले हाथमा जल, फूल, जौ तिल कुश लिई’ऊँ विष्णु र्विष्णुर्विष्णु …………….… पूजनं करिष्ये’ मन्त्र पढेर संकल्प लिनु पर्दछ । शिव पूजा विधि सोमबारको दिन बिहान उठेर स्नान गरी शिव मन्दिर गएर शुद्ध जलले शिवलिंग को अभिषेक गरी निम्नलिखित मंत्र्को जाप गर्ने। ॐ महाशिवाय सोमाय नम:।
तत् पश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन सँग सम्बन्धित समस्या समाप्त हुन्छ। तत् पश्चात शिवलिंग मा मह तथा उखुको रस चडाउने यसले नोकरी या व्यवसायबाट हुने समस्या समाधान गर्छ।
सोमबारमा शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जप गरेमा विलक्ष्ण सिद्धि तथा मनको ईच्छा पूरा हुन्छ।
शिव मन्त्र
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम: यो मन्त्रको जाप आफ्नो ईच्छ्या अनुसार ११ , २१ ,१०१ ,१००१ पल्ट गर्न सकिन्छ। यो जपले ठूलाठूला समस्या समाधान गर्न सहायक हुने तथा जीवनमा संवृद्धि र उन्नति हुने जन विश्वास रहेको छ।