‘ओली र प्रचण्डबाट आशा नगर्नुस्’ प्रदीप नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले नेकपाको सिद्धान्त र विचार प्रस्ट नभएसम्म त्यसलाई राजनीतिक पार्टी भन्न नसक्ने बताएका छन् । शनिबार नेता नेपाललाई भेट्न उनकै निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार, मुख्यमन्त्री र मन्त्रीसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

शनिबार प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल, सूर्य थापा, राजन भट्टराई, मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेता नपालको निवास पुगेर स्वास्थ्यअवस्था बुझ्नुका साथै समसामयिक विषयमा कुराकानीका क्रममा नेता नेपालले यस्तो बताएका हुन् । नेताहरुसँग कुराकानीको क्रममा नेता नेपालले आफु केही गर्न नसक्ने र आफुमात्रै नभइ, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरू जस्ताबाट पनि कुनै आशा नगर्न सुझाव दिएको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *