मौसमी फ्लुका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सककाे आग्रह
चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीलाई हतारमा अस्पताल नआउन चिकित्सकहरूले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरू कोभिडका विरामीले भरिएको चिकित्सकहरूको भनाई छ । मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षण देखिएका व्यक्तिहरूले घरमै बसेर सुरक्षित रहनुपर्ने बेला आएको अल्का अस्पतालका फिजिसियन डा. रक्षा गौतमले बताइन्।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुख्ने र घाँटी दुख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको बताइन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लु निको हुने उनले बताइन् । मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, उच्च ज्वरो आउनेजस्ता समस्या देखिएमा भने अस्पताल जान चिकित्सकहरूले सुझाव दिएका छन् । स्वास्थ्य सुरक्षा एवम् सतर्कतामा हाल सावधानी कम अपनाइएकोप्रति सचेत गराउँदै चिकित्सकहरूले कोरोनालाई हल्का रूपमा नलिन पनि आग्रह गरेका छन् ।।